कुचबिहार: कुचबिहार खण्ड २ को साहेबगञ्ज ग्राम पञ्चायतको सचिनदान बूथ ७/९० मा केही बदमासहरूले तृणमूल कार्यकर्ताहरूलाई कुटपिट गरेको आरोप रहेको छ। यसबारे स्थानीय अलोमगीर शेखले भने, मानिसहरू बूथ संख्या १२ मा मतदान गर्नका लागि लाइनमा उभिएका थिए। यस अवधि केही बदमासहरूले लाइनमा उभिएका तृणमूल समर्थकहरूलाई कुटपिट गरे तर अन्य केही मानिसहरूले हस्तक्षेप गरेपछि आफुहरूको ज्यान बाँचेको तिनले बताएका छन्। यस घटनामा केही मानिसहरू घाइते भएका छन्। अर्कोतिर, घाइतेहरूलाई उपचारको लागि दिनहाटा उप- जिल्ला अस्पतालमा भर्ना गरिएको छ।