कालचिनी: आज बिहान प्रायः ९ बजी सिलगढ़ीदेखि अलिपुरद्वार बामनहाटगामी एउटा प्यासेञ्जर रेलको चपेटमा परेर एकजना व्यक्तिको मर्मान्तिक मृत्यु भएको घटना प्रकासमा आएको छ। घटना कालचिनी रेल स्टेशनबाट ठीक डेढ़ किलोमीटर अघि डिमा बीचलाईनमा भएको रेलवे सुत्रले जनाएका छन्। मृतक व्यक्तिको परिचय खुल्न नसकिएको आरपीएफ सुत्रले जनाएका छन्। यता डिमा चियाबारी औ संलग्न क्षेत्रको मानिसहरूले पनि शवको पहिचान गर्न नसकेको बताईएको छ। शवलाई जीआरपी अलिपुरद्वारले बरामद गरेर लगेको जनाएका छन्।