सिन्धु र लक्ष्य सेन कनाडा ओपनको सेमिफाइनलमा

IMG-20230708-WA0319.jpg

८ जुलाईः कमनवेल्स गेम्स च्याम्पियन पीभी सिन्धु र लक्ष्य सेनले विपरीत परिस्थितिहरूमा जीत हासिल गरी केलगरीमा जारी कनाडा ओपन सुपर सीरीज ५०० ब्याडमिण्टन टुर्नामेण्टको सेमिफाइनलमा स्थान बनाए। ओलम्पिकमा दुईपल्ट पदक जित्ने सिन्धुले शुक्रवार राति खेलिएको महिला एकलको क्वार्टर फाइनलमा चीनकी फेंग जी-लाई सजिलैसँग २१-१३, २१-७-ले पराजित गरिन्। चीनकी यस खेलाड़ी विरुद्ध सिन्धुले चारवटा म्याचमा यो पहिलो जीत हो। यसरी नै युवा लक्ष्य सेनले क्वार्टर फाइनलमा जर्मनीका क्वालीफायर जूलियन केराग्गीलाई २१-८, १७-२१, २१-१०-ले पराजित गरे। सेमिफाइनलमा सिन्धुले विश्वकी नम्बर एक खेलाड़ी जापानकी अकाने यामागुची विरुद्ध खेल्नु पर्नेछ। यसरी नै सेनको भिड़न्त जापानकै चौथो वरीयता प्राप्त केण्टा निशिमोतोसँग हुनेछ। जापानकी शीर्ष वरीयता प्राप्त खेलाड़ी विरुद्ध सिन्धुको रेकर्ड १४-१०-को रहेको छ। यी दुई खेलाड़ीबीच यसअघि अन्तिमपल्ट गत वर्ष सिंगापुर ओपनमा भिड़न्त भएको थियो, जसमा जापानी खेलाड़ीले जीत दर्ता गरेकी थिइन्। यसरी नै सेनको निशिमोतो विरुद्ध रेकर्ड १-१-को बराबरीमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement