८ जुलाईः शीर्ष वरीयता प्राप्त पुरुष खेलाड़ी कार्लोस अल्काराज र दोस्रो वरीयता प्राप्त महिला एकल खेलाड़ी आर्यना सबालेंकाले विम्बल्डन टेनिस च्याम्पियनशीपको दोस्रो राउण्डमा जीत हासिल गरे। स्पेनका २० वर्षीय स्टार खेलाड़ी अल्काराजले सेण्टर कोर्टमा खेलिएको म्याचमा अलेक्जेण्डर मूलरलाई ६-४, ७-६, ६-३-ले पराजित गरे। गत वर्ष यूएस ओपनको खिताब जित्ने स्पेनिश खेलाड़ीले अल ईंग्ल्याण्ड क्लबमा तेस्रोपल्ट चुनौती पेश गरिरहेका छन्। गत वर्ष उनले चौथो राउण्डमा स्थान बनाएका थिए, जुन उनको अहिलेसम्मको सर्वश्रेष्ठ प्रदर्शन हो। यसरी नै महिला एकलमा बेलारुसकी सबालेंकाले बारबरा ग्रेचेवालाई २-६, ७-५, ६-२-ले पराजित गरिन्। उनी २०२१-मा यस च्याम्पियनशीपको सेमिफाइनलमा पुगेकी थिइन् तर गत वर्ष रुस र बेलारुसका खेलाड़ीहरूमाथि लगाइएको प्रतिबन्धले गर्दा उनले चुनौती पेश गर्न सकेकी थिइनन्।
विम्बल्डनमा दुईपल्टकी च्याम्पियन पेट्रा क्वितोवाले पनि अलेक्सान्द्रा सासनोविचलाई पराजित गरी लगातार दोस्रो साल तेस्रो राउण्डमा स्थान बनाइन्। साल २०११ र २०१४-की च्याम्पियन चेक रिपब्लिककी खेलाड़ी क्वितोवामाथि २०१६-मा घरमा छुरीले हमला भएको थियो। यस ३३ वर्षीय खेलाड़ी दोस्रो राउण्डको म्याचमा बेलारुसकी खेलाड़ीलाई ६-२,६-२-ले पराजित गरिन्। महिला एकलको अन्य एउटा म्याचमा अमेरिकाकी २५औं वरीयता प्राप्त मेडिसन कीजले भिक्टोरिया गोलुबिकलाई ७-५, ६-३-ले पराजित गरी तेस्रो राउण्डमा स्थान बनाइन्। तेस्रो राउण्डमा उऩले युक्रेनकी मार्ता कोस्तयुक विरुद्ध खेल्नेछिन्। पाउला बडोसा चोटले गर्दा म्याचको बीचमा हट्दा कोस्तयुक अघिल्लो राउण्डमा पुगिन्। म्याच रोकिदासम्म कोस्तयुक ६-२, १-०-ले अघि रहेकी थिइन्। पुरुष एकल वर्गमा तेस्रो वरीयता प्राप्त दानिल मेदवेदेवले एड्रियन मन्नारिनोलाई सीधा सेटमा ६-३, ६-३, ७-६-ले पराजित गरे। यसरी छैटौं वरीयता प्राप्त होल्गर रुनेले रोबर्टो कारबालेस बेनालाई ६-३, ७-६, ६-४-ले पराजित गरे जबकि आठौं वरीयता प्राप्त यानिक सिनरले क्वेण्टिन हेलिस विरुद्ध ३-६, ६-२, ६-३, ६-४-ले जीत हासिल गरे। यसबाहेक १९औं वरीयता प्राप्त जर्मनीका एलेक्जेण्डर ज्वेरेवले योसुके वतनुकीलाई ६-४, ५-७, ६-२, ६-२-ले पराजित गरे।