जीटीए चुनावमा हाम्रो पार्टीले खरसाङ क्षेत्रमा केवल १ सीट जित्न सफल

जनताको राज ल्याउन जनताको सेवामा निरन्तर लाग्नेछौं: मोहन लामा

खरसाङ: हाम्रो पार्टीले जीटीए चुनावमा खरसाङको १५ वटा समष्टिहरूमध्ये केवल एक सिट मात्र हात पारेको छ। त्यो पनि खरसाङ बजार अनि वरिपरिको समष्टी नभएर तकदाह ग्लेनवर्ण समष्टि हो जसमा हाम्रो पार्टीको प्रार्थी सन्नी तामाङले केवल दुई भोटको अन्तरले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी पुलक मोक्तानलाई जितेको छ। हाम्रो पार्टीले खरसाङ बजार क्षेत्र र वरिपरिका समष्टीहरूमा कुनै सिट पाउन सकेनन्। हाम्रो पार्टीको खरसाङ क्षेत्रमा भएको हारमाथि हाम्रो पार्टी खरसाङको नेता तथा २९ नम्बर खरसाङ गिद्धे पहाड़ समष्टिबाट पार्टीको प्रार्थी मोहन लामाले जीटीए चुनाउमा हाम्रो पार्टीले जनताको निर्णयलाई सम्मान जनाएको बताएका छन्‌। उनी जीटीए चुनावमा खरसाङको २९ नम्बर खरसाङ गिध्द पहाड़ समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी अनित थापाको प्रतिद्वान्दी रहेका थिए। मोहन लामाले पत्रकारहरूसित कुराकानी गर्दै जनताले जे चाह्यो त्यही भयो भन्दै यसलाई हामी स्वीकार्छौँ र जनताको निर्णयलाई सम्मान पनि गर्छौँ अनि हामीलाई जनताले साथ दिएकै हो। जनताको राज ल्याउने हामीले पूर्ण प्रयास गरेकै हौँ भनी बताएका छन्। लामाले हामीले जीटीएमा बोर्ड गठन गर्न सकेनौं, यसमा कुनै दुःखमन छैन भन्दै हामीलाई जसले भोट दिए उनीहरूलाई धन्वाद दिन्छौं अनि जसले भोट दिएनन्‌ उनीहरूलाई पनि धन्यवाद दिन्छौं भनी बताएका छन्। हाम्रो पार्टी खरसाङको २९ नम्बर समष्टिको प्रार्थी मोहनसिंह लामाले भोट हाल्ने र भोट हालेर जिताउने भनेको जनता नै हुन्‌ भन्दै हामीले जनताको नाममा भोट हाल्न सक्दैनौं, बुथ रेगिङ र क्याप्चरिङ गर्न पनि हामी सक्दैनौ भनी बताएका छन्। उनले यो अन्तिम लड़ाई होइन्‌, लड़ाई बाँकी नै छ र यो त एउटा शुरूवात हो, त्यसैले आगामी दिनमा पार्टीको सेन्ट्रल कमिटीबाट जे निर्णय हुन्छ त्यो निर्णलाई पालन गरेर हामी जनताको सेवामा निस्कनेछौं भनी बताए। उनले जनताको सेवा गर्नको निम्ति चुनाउ जितेकै हुनपर्छ भन्ने होइन्‌, हामी जनताको सेवा गर्न निस्किएका हौं, जनताको सेवा जारी राख्नेछौं, हामी जनताको सेवा गर्ने कार्यलाई निरन्तरता दिनेछौं अनि पहाड़मा जनताको राज ल्याउनको निम्ति लड़ाई जारी राख्नेछौं भनी बताएका छन्। हाम्रो साथमा धेरै जनता छन्‌ भन्ने हामीले चुनाउ प्रचारको अवधिमा थाहा पाएका थियौँ। धेरै जनताले हामीप्रति आशा राखेका छन्‌। जनताको आशा भरोसामा परिणत गर्नु र जनताको निम्ति कार्य गर्नु हाम्रो जिम्मेवारी हो। यो कार्यलाई हामी जारी राख्नेछौं भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement