दार्जिलिङ: दार्जिलिङ पहाड़मा लगभग २३ वर्षपछि यसपाली पञ्चायत चुनाव भईरहेको छ। प्राप्त जानकारी अनुसार दार्जिलिङ पहाड़को पाँचवटा खण्डहरूमा चुनाव शान्तिपूर्ण रूपमा भईरहेको छ। बिहान ७ बजेदेखि शुरू भएको पञ्चायत चुनावमा मानिसहरूले उत्साहपूर्ण रूपमा मतदान गरिहेका छन्। यसपालीको पञ्चायत चुनावमा ब्यालेट पेपरमा भोट भईहेको कारणले निक्कै ढिलाई भईरहेको बताइएको छ। पहाड़को कतिवटा ग्राम पञ्चायतहरूका बुथहरूमा केन्द्रीय बल तैनाथी गरिएको छ भने कतिवटामा केन्द्रीय बल तैनाथ गरिएको छैन। पञ्चायत चुनाव अन्तर्गत दार्जिलिङ जिल्लाको ५ वटा खण्डहरूमा दिउँसो ३ बजेसम्म जम्मा ४२.६१ प्रतिशत मतदान भएको जानकारी प्राप्त भएको छ।

दिउँसो ३ बजेसम्म दार्जिलिङ जिल्लाको पाँचवटा खण्डहरू क्रमैले दार्जिलिङ पुल बजार खण्डमा ४१.९१ प्रतिशत, जोरबंगलो सुखिया खण्डमा ४५.९८ प्रतिशत, खरसाङ खण्डमा ४०.११ प्रतिशत, मिरिक खण्डमा ४०.५८ प्रतिशत रंगली रंगलीयट खण्डमा ४३.४५ प्रतिशत गरी जम्मा ४२.६१ प्रतिशत मतदान भएको छ।