सिलगढी महकुमा परिषदका जनताप्रति सांसद राजु बिष्टद्वारा आभार प्रकट

सिलगढी: भाजपाका सांसद राजु बिष्टले सिलगढी महकुमा परिषदका जनताप्रति आभार प्रकट गरेका छन्l टीएमसीको दबावमा पनि लोकतान्त्रिक अधिकारको प्रयोग गरेर ठूलो संख्यामा भाजपालाई भोट हालेको उनले बताएका छन्। उनले प्रेस विज्ञप्ति जारी गरेर यसो भनेका छन्, ‘यो पहिलोचोटि हो, जब भाजपाका उम्मेदवारहरूले ग्राम पञ्चायतमा ८६ सीटहरूमा जीत हासिल गरेका छन् भने पंचायत समिति साथै महकुमा परिषदमा पनि जीत दर्ता गरेका छन्l हामी तराईको पञ्चायत स्तरमा दोस्रो सर्वाधिक विशाल पार्टीको रूपमा सामुन्ने आएका छौँl’

उनले जिल्ला पार्टीका सबै नेता, कार्यकर्ता अनि उम्मेदवारहरूको सराहना गरेका छन्l ‘हाम्रो क्षेत्र र जनताको उत्कृष्ट भविष्य निम्ति उहाँहरूको ईमानदारी अनि समर्पण भावले भाजपाको पक्षमा यो भारी जनादेश प्राप्त भएको हो। यद्यपि हामीले सबै पंचायतहरुमा बोर्ड बनाउन सफल नभए पनि हामीले गर्व गर्नु पर्दछ कि अन्य पार्टीहरूको लामो समयदेखि उपस्थिति थियो तर भाजपाले भने शून्यबाट शुरु गरेतापनि आज भाजपालाई जनताको यत्रो विशाल माया र समर्थन प्राप्त भएको छ’, उनले यसो भनेका छन्l यस जीतको श्रेय उनले क्षेत्रका जनतालाई दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमाथि आफ्नो आस्था प्रकट गरेको बताएका छन्। अर्कोतिर जीटीएको चुनाव बारेमा उनले यसरी टिप्पणी गरेका छन्, ‘ पश्चिम बङ्गाल गृह विभागद्वारा गराइएको जीटीए चुनावको परिणाम के आउँछ भन्ने कुरो त एउटा भोट पनि नखसालिँदै निर्धारित भइसकेको थियो। जीटीएको स्थापना हाम्रो क्षेत्रका जनताका आकांक्षाहरू पूरा गर्नका लागि, वा हाम्रो क्षेत्रको विकास सुनिश्चित गर्नका लागि गरिएको होइन। यो स्थायी राजनीतिक समाधानका लागि चलिरहेको त्रिपक्षीय वार्तालाई भताभुङ्ग पार्न खड़ा गरिएको अवरोध होl’

‘पहाड़का केही राजनीतिज्ञहरू अनि राजनीतिक पार्टीहरूले यी चुनाउमा भाग लिएर पश्चिम बङ्गाल सरकारलाई समर्थन गर्ने निर्णय गरे। विजेताहरूलाई म बधाई दिँदछु, अनि आशा साथै प्रार्थना गर्दछु कि उनीहरूले जनताको कल्याणलाई पहिलो प्राथमिकतामा राख्नेछन्, अनि पश्चिम बङ्गाल सरकारसँग आफ्नो सानिध्यताको प्रयोग उनीहरूलाई स्थायी राजनीतिक समाधान निम्ति त्रिपक्षीय वार्तामा ईमानदारीपूर्वक सामेल हुनका लागि दबाव बनाउनमा गर्नेछन्,’ उनको भनाइ यस्तो छl

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *