नयाँ दिल्ली: पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीले भने, ‘सन् २०२५ सम्म, २० प्रतिशत इथेनोल मिश्रण ईन्धन (ई-२०) को खुद्रा बिक्रीको लागि देशभर पेट्रोल पम्पहरू समर्पित हुनेछन्। ई-२० इन्धनमा पेट्रोलमा २० प्रतिशत इथेनोलको मिश्रण हुन्छ। उद्योग संगठन इण्डियन मर्चेन्ट चेम्बर (आईएमसी) को वार्षिक साधारण सभा (एजीएम)लाई भिडियो सन्देश मार्फत सम्बोधन गर्दै पुरीले पहिलो ई–२० स्टेसन यही फागुन ८ गते संचालनमा आएको बताए। यो लक्षित समय अप्रिल भन्दा राम्रो थियो। अहिलेसम्म उनीहरुको संख्या ६०० नाघेको छ र २०२५ सम्म पुरै देशमा हुनेछन्।
उनले यसै महिना मन्त्रालयले ग्लोबल बायो फ्युल एलायन्स शुरु गर्ने बताए। पेट्रोलमा इथानोल मिसाउने क्षमता २०१३-१४ को १.५३ प्रतिशतबाट बढेर सन् २०२३ को मार्चसम्ममा ११.५ प्रतिशत पुगेको मन्त्रीले बताए। भोल्युमको हिसाबले, इथानोल मिश्रित पेट्रोल २०१३-१४ मा ३८ करोड लिटरबाट २०२१-२२ मा ४३३.६ करोड लिटर हुने अपेक्षा गरिएको छ। त्यस्तै, जैविक इन्धन बिक्री गर्ने पेट्रोल पम्पको संख्या सन् २०१६-१७ मा २९ हजार ८९० रहेकोमा झण्डै तीन गुणा बढेर ६७ हजार ६ सय ४० पुगेको उनले बताए। सरकारले सन् २०२५ सम्ममा पेट्रोलमा २० प्रतिशत इथानोल मिसाउने लक्ष्य राखेको छ। सरकारले तोकिएको समयभन्दा पहिले ११ दशमलव ५ प्रतिशत पुर्याएको छ। सरकारले सन् २०३० देखि २०२५ सम्म पाँच वर्षभित्र पेट्रोलमा २० प्रतिशत इथानोल मिसाउने लक्ष्य मिति अघि बढाएको छ। पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने लक्ष्य पनि सन् २०२२ को जुनमा तय गरिएको थियो। पुरीले रुस र अन्य गैर खाडी बजारबाट कच्चा तेलको आयात बढेसँगै मुलुकले आयातको दायरा पनि बढाएको बताए। आर्थिक वर्ष २००६-०७ मा २७ देशबाट आयात भएकोमा २०२३ मा ३९ पुगेको छ।