गान्तोक: सिक्किम सरकारको ग्रामीण विकास विभागअधिनस्थ राज्य ग्रामीण विकास संस्थान तथा पञ्चायती राज (एसआइआरडी एण्ड पीआर)द्वारा जोरथाङमा ग्रामीण सिक्किमको लागि उद्यमशीलता र जीविका मोडल विषयमा दुई दिने कार्यशाला आयोजना गरेको थियो। ५ र ६ जुलाईको दिन सम्पन्न यस कार्यशालामा राज्यभरिबाट ग्रीमाण उद्यमीहरूको उपस्थिति रहेको थियो।
यस कार्यशालामा विभिन्न सरकारी विभाग, गैरसरकारी सङ्गठनहरू, निजी कम्पनीहरू, सिड सेल, स्वंय सहायता समूहहरू, एफपीओ, आइएफएफसीओ, सिस्को ब्याङ्क साथै पञ्चायत सदस्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा एसआइआरडी एण्ड पीआर-का निर्देशक विशाल मुखियाले राज्यमा खेती साथै गैर कृषिका सम्भावित क्षेत्रहरूमाथि प्रकाश पारेका थिए।