नामथाङमा पर्यावरण पर्व आरम्भ

IMG-20230707-WA0367.jpg

गान्तोक: दक्षिण सिक्किम नामथाङ रातेपानी निर्वाचन क्षेत्रको नामथाङ खण्ड प्रशासनिक केन्द्रमा वन बिभागद्धारा सिक्किम पर्यवारण पर्व कार्यक्रम सम्पन्न गरियो। कार्यक्रम बिहान ११ बजीदेखि शुरु भएको हो। धरती मातालाई ७ मिनट कार्यक्रमअन्तर्गत नामथाङ बजार परिसरमा यातायात पूर्णरुपले बन्द गरीएको थियो। साथै कार्यक्रममा मेरो रुख मेरो सन्तति कार्यक्रमबारे जानकारी गराइयो। आजको कार्यक्रमको मुख्य अतिथि दक्षिण जिल्ला जिल्ला पञ्चायत उपाध्क्षय बिकास तामाङ रहेको थियो। कार्यक्रममा खण्ड बिकास अधिकारी योगेन स्याङदेन, दक्षिण जिल्ला मुख्यमंन्त्रीको अतिरिक्त राजनितिक सचिव कविता सापकोटा, नामथाङ रातेपानी निर्वाचन क्षेत्रका बिभिन्न जिल्ला टेराटोरियल जिल्ला पञ्चायत ग्राम पञ्चायत साथै वन बिभागीय अधिकारी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो। आजको कार्यक्रमेमा सिक्किम सरकारको दिशानिर्देशमा यस कार्यक्रमअन्तर्गत आम नागरिकहरुलाई पर्यवारण बिषय जागरुकता गराएको थियो। यस कार्यक्रम सिक्किम सरकारको दिशानिर्देशमा १ जुलाई देखि १૪ जुलाईसम्म विभिन्न ठाउमा बिभिन्न प्रकारले मनाउने रहेको कुरा बताएका थिए। कार्यक्रममा बिभागीय अधिकारीद्धारा सिक्किम सरकारद्धारा शुरु गरेको मेरो रुख मेरो सन्ततिबारे जानकारी दिइयो। आज १० जना नानीहरुको नाममा विभिन्न प्रजातिको विरुवा रोपियो। बिभाग द्धारा नानीहरुको अभिभावक हरुलाई अभिनम्दन जनाएको थियो। साथै आजको कार्यक्रममा पर्यवारण बिषयमा जागरुकता गराउने उद्देश्य लिएर नाटक प्रस्तुति गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement