राज्यपाल लक्ष्मण प्रसाद आचार्यले राखे ग्यास पाइपलाइनको आधारशिला

IMG-20230707-WA0369.jpg

गान्तोक: हिमाली राज्य सिक्किमलाई प्राकृतिक ग्यासको पाइपलाइन मार्फत देशको मूलधारासित जोड़ने महत्वाकांक्षी परियोजनाको आज पूर्व सिक्किमको पाकिममा आधारशिला राखियो। इन्द्रधनुस ग्यास ग्रिड लिमिटेड (आइजीजीएल) द्वारा प्रतिपालन भइरहेको यस उत्तर पूर्व ग्रिड प्राकृतिक ग्यास पाइपलाइन परियोजनाको आजको शिलान्यास कार्यक्रममा राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथि रहेका थिए भने विधायकहरू वाइटी लेप्चा, सोनाम भेञ्चोङ्गपा र विष्णु कुमार खतिवड़ाको पनि विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल गंगा प्रसाद आचार्यले यस परियोजनालाई सफल बनाउन आफ्नो साथै राज्य सरकारको सहयोगको आश्वासन दिए। यस परियोजनाले भोलिको दिनमा राज्यमा औद्योगिक क्रान्ति ल्याउने उनले आशा व्यक्त गरेका छन्। स्वच्छ इन्धनको रूपमा प्राकृतिक ग्यासको वातावरणीय फाइदाहरूमाथि प्रकाश पार्दै राज्यपालले न्यूनतम कार्बन उत्सर्जनको साथ स्वच्छ वातावरण कायम गर्ने कुरामा विशेष जोर दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement