राष्ट्रमण्डल च्याम्पियनशीपमा चानूले हिस्सा नलिने

IMG-20230707-WA0360.jpg

७ जुलाईः ओलम्पिक पदक विजेता भारतकी स्टार भारोत्तोलक मीराबाई चानू डेढ़ महिना अघि लागेको फिलाको चोटबाट ९५ प्रतिशत मुक्त भइसकेकी छन् तर आउँदो हप्ता देशमा हुने राष्ट्रमण्डल च्याम्पियनशीपमा चाहिँ हिस्सा लिन सक्ने छैनन्। भारतीय भारोत्तोलन महासंघका अध्यक्ष सहदेव यादवले यस्तो जानकारी दिएका छन्। टोक्यो ओलम्पिकमा रजत पदक विजेता चानू अहिले अमेरिकाको सेण्ट लुईसमा डाक्टर होर्शिगको मार्गदर्शनमा ६५ दिनको रिह्याबिलिटेशनमा हिस्सा लिइरहेकी छन्। चोट निको भएपछि उनले विश्व च्याम्पियनशीप र एशियाई खेलहरूमा हिस्सा लिनेछिन्। चानूले पूर्व भारोत्तोलकबाट फिजियोथेरेपिस्ट र स्ट्रेन्थ एण्ड कण्डीशनिंग कोच बन्ने होर्शिगबाट २०२०-देखि नै मार्गदर्शन लिइरहेकी छन्। महासंघ (आईडब्ल्यूएलएफ) अहिले १२ जुलाईदेखि शुरु हुने राष्ट्रमण्डल सीनियर, जूनियर र युवा च्याम्पियनशीपको आयोजन गर्ने तयारीमा जुटेको छ। यादवले भने, हामीले उनलाई (चानू) पेरिस ओलम्पिकसम्म चोट आघातदेखि मुक्त राख्नु पर्नेछ। उनले ४९ किग्रा वर्गमा कट हासिल गर्न आफ्नो ओजन पनि कम्ती गर्नु पर्नेछ। यी सब कुराहरूलाई ध्यानमा राखेर नै उनले राष्ट्रमण्डल च्याम्पियनशीपमा हिस्सा लिने छैनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement