७ जुलाईः देशकी प्रधानमन्त्रीको विशेष आग्रहमा बंग्लादेश क्रिकेट टोलीका कप्तान तमीम इकबालले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको फसेलालाई फिर्ता लिएका छन्। प्रधानमन्त्री शेख हसीनाको विशेष आग्रहमा तमीमले आफ्नो फसेला बद्लिएका छन्। एउटा विशेष बैठकको निम्ति आमन्त्रित गरिएपछि तमीमले शुक्रवार दिउँसो प्रधानमन्त्रीसँग भेट गरे। तमीम आफ्नो पत्नी, आफ्ना पूर्व कप्तान मशरफे मुर्तजा र बंग्लादेश क्रिकेट बोर्ड (बीसीबी)-का अध्यक्ष नजमुल हसनसँग प्रधामन्त्री आवासमा गएका थिए। तमीमले पछिबाट आवास बाहिर मीडियालाई आफ्नो फसेलाबारे जानकारी दिए। उनले भने, मलाई प्रधानमन्त्रीले बोलाएकी थिइन्। उनले मसँग कुराकानी गरिन् अनि मलाई सन्न्यासको फसेलालाई फिर्ता लिनु भनिन्। मैले उनकै आग्रहमा फसेला फिर्ता लिए। उनलाई नकार्नु मुश्किल थियो। उल्लेखनीय छ, अफगानिस्तान विरुद्ध एकदिने शृंखलाको पहिलो म्याचमा कप्तानी गरेको लगत्तै भोलिपल्ट बिहीवार तमीमले सन्न्यासको घोषणा गरी सबैलाई चकित पारेका थिए।