सिलगढी: महेन्द्र सिंह धोनीको जन्म दिन आज सिलगढीमा पालन गरियो। सिलगढीको २३ नम्बर वार्डको सूर्यनगर मैदानमा महेन्द्र सिंह धोनीका प्रशंसकहरूले आज तिनको जन्मदिन पालन गरे। धोनीको पोस्टरअघि केक काटेर तिनको जन्म दिन पालन गरियो। धोनीको जन्मदिनको अवसरमा सिलगढीको २३ नम्बर वार्डको सूर्यनगर मैदानमा प्रत्येक वर्ष विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहे तापनि यस वर्ष भिन्नै प्रकारले तिनको जन्मदिन पालन गरेको देखियो।