सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको ९० प्रतिशत पुलिसकर्मी पञ्चायत चुनाउको ड्युटीमा तैनाथ गरिनेछ। यसले गर्दा अब सिभिक भोलेन्टियरको काँधमा शहरको ट्राफिक व्यवस्था सुचारू राख्ने जिम्मेदारी रहेको छ। सिलगढी मेट्रोपोलिटन पुलिस अन्तर्गत विभिन्न थानाहरूदेखि लिएर ट्राफिक गार्डका अधिकारीहरू लगायत पुलिसकर्मीहरू पञ्चायत चुनाउको ड्युटीको लागि माग अनुसार चुनावी क्षेत्रमा पठाइएको छ। यसले गर्दा अब सिभिक भोलेन्टियरमाथि ट्राफिक व्यवस्था सम्हाल्ने जिम्मेवारी रहेको छ। शान्ति व्यवस्था कायम राख्नको लागि यसपल्ट पञ्चायत चुनाउमा राज्य पुलिस सहित केन्द्रीय सुरक्षा बल पनि तैनाथ गरिएको छ। अर्कोतिर, राज्यको जुन जुन ठाउँमा चुनाउ सम्पन्न भइरहेको छ ती ठाउँहरूमा कठोर सुरक्षा व्यवस्था अप्नाएको छ।