सिलगढी: सिलगढी जक्सनमा धेरै संख्यामा मतदाताहरू फँसेका छन्। एनबीएसटीसीका बस ड्राइभर र खलासीले बताए अनुसार मतदानलाई ध्यानमा राखेर चुनाउ आयोगले केही बसहरू चुनावी कार्यको लागि लिएकोले गर्दा हाल बसको संख्या कम्ती भएको छ। पञ्चायत चुनाउले गर्दा आज मतदान गर्न जाने यात्रीहरूको संख्या पनि निक्कै बढेको छ। बसहरूको संख्या कम्ती भएकोले गर्दा बस स्ट्यान्डमा यात्रीहरूले घण्टौंसम्म बसको प्रतीक्षा गरिरहेका छन्। आज एनबीएसटीसी बस स्ट्यान्ड यात्रीहरूले भरिएको छ।कुचबिहार अलिपुरद्वार, फालाकाटा, माथाभाङ्गा, जलपाईगढी, रायगञ्ज सहित अन्य ठाउमा जानको लागि यात्रीहरूले बस पाइरहेका छैनन्। सफर गरिरहेको बसहरूमा पनि यात्रीहरूको संख्या अधिक रहेकोले खुट्टा राख्ने ठाउँ समेत नभएको बताइएको छ।