राजगञ्ज: राजगञ्जको आमबारी निवासी उत्तम दास नाम गरेका एकजना भाजपा समर्थकले आफ्नो टाउकोको केश काटेर सुन्दर अक्षरमा बीजेपी लेखेर हिँडिरहेका छन्। यसको साथै तिनले आफ्नो कपाल गेरूवा रङ्गमा रङ्गाएका छन्। तिनले आफैलाई भाजपा समर्पित कार्यकर्ता बताएका छन्। उत्तम दासले बताएअनुसार भारतीय जनता पार्टीलाई म धेरै माया गर्छु। यसैले गर्दा मैले स्वेच्छाले आफ्नो टाउकोमा बीजेपी लेखेको हुँ। पञ्चायत चुनाउ सम्पन्न हुन अब केवल एक दिन बाँकी छ। अन्य मानिसहरू पनि मबाट प्रेरित हुनेछ भन्ने मलाई विश्वास छ।