सिक्किममा नर्थ इस्ट ग्रीड नेचुरल ग्यास पाइपलाइन प्रोजेक्टको शिलान्यास

proj_528

पाकिमः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य आज पाकिमको सन्त जेभियर्स विद्यालयमा आयोजित नर्थ इस्ट ग्रीड नेचुरल ग्यास पाइपलाइन प्रोजेक्टको शिलान्यास समारोहमा सहभागी बने। कार्यक्रमलाई सम्बोधित गर्दै राज्यपालले नर्थ इस्ट ग्रीड नेचुरल ग्यास पाइपलाइन प्रोजेक्टप्रति आफ्नो समर्थन जनाए। उनले सिक्किममा परियोजनाको सफल कार्यान्वयनको निम्ति सिक्किम सरकारको तर्फबाट हर सम्भव सहायताको आश्वासन दिए। यस परियोजनाले सिक्किममा व्यापक अवसरहरूको पनि लिएर आउने उनले बताए।

उनले स्वच्छ इन्धनका कारण पर्यावरणमाथि प्राकृतिक ग्यासको फाइदामाथि प्रकाश पार्दै न्यूनतम कार्बन उत्सर्जनका साथ सफा वातावरण सुनिश्चित गर्नु पर्ने विषयमाथि बल दिए। उनले भावी पीढीको सुरक्षाका लागि स्वच्छ उर्जा स्रोतहरूको उपयोगको महत्वबारे पनि जानकारी गराए। प्राकृतिक ग्यासले समग्र विकासका साथै सिक्किमे नागरिकहरूको जीवनस्तरमा सुधार आउने पनि उनले विश्वास व्यक्त गरे। कार्यक्रमलाई विधायक एसटी भेन्चुङ्गपा, विधायक वाईटी लेप्चा, आईजीजीएलका चेयरमेन एआर चौधरीले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement