चिसोपानीको सीसीसीटीमा परिचयात्मक कार्यक्रमको समापन

cct_239

नाम्चीः नाम्ची जिल्लाअन्तर्गत चिसो पानीस्थित सीसीसीटीमा आज परिचयात्मक कार्यक्रमको समापन कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रमको आयोजना सो कलेजको आईआईपीसी, एडमिसन सेल, आरआरसी, ईडीसी टी एण्ड पी र एनसीसीको सहयोगमा कलेजको एलेक्ट्रोनिक्स एवं कमिन्युकेसन इन्जिनियरिङ विभागले गरेको थियो।

उक्त कार्यक्रम गत तीन जुलाईदेखि शुरू भएको थियो। आजको कार्यक्रममा एनआईटी राभाङ्गलाका निर्देशक प्रो.महेशचन्द्र गोभिल मुख्य अतिथि रहेका थिए। कार्यक्रममा एनआईटी राभाङला र सीसीसीटी चिसो पानीमाँझ एमओयूमा हस्तक्षार पनि भएको थियो।

कार्यक्रममा सम्बोधन गर्दै प्रो. गोभिलले पढाइसँगै सामाजिक कार्यमा पनि ध्यान दिनुपर्ने विद्यार्थीवर्गलाई बताए। विद्यार्थीवर्गसँग उत्प्रेणात्मक कुराहरू राख्दै उनले पुस्तक पढ्नुमा जोर दिनुपर्ने उल्लेख गरे। सरकारले शिक्षाको क्षेत्रमा गरेका कार्यबाट लाभ उठाउनु पर्छ भन्दै उनले एनआईटीले विद्यार्थीवर्गलाई सहयोग गर्न सदैव अघि आउने बताए।

कार्यक्रममा सो कलेजका निर्देशक एवं प्राचार्य बीबी प्रधानले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा साँस्कृतिक कार्यक्रम, कविता वाचन आदि पनि भएको थियो। कार्यक्रममा आयोजक विभागका प्रमुख दिपक रसाईलीले धन्यवाद ज्ञापन गरेका थिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement