कोलकाताः पश्चिम बंगालमा पञ्चायत चनाउबीच सीबीआई अफिसबाट राज्यको राजनीतिमा भूइँचालो आउने खबर आएको छ। राज्य विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारी विरूद्ध सारदा-नराद मामिलामा केस दर्ता गरिएको थियो। अब सीबीआईको पूर्वी अथोरिटीका अधिकारीहरूले यसको जाँचको निम्ति नयाँ दिल्लीबाट अनुमति मागेका छन्।
सीबीआई सूत्रहरू अनुसार, सल्टलेकमा सीजीओ कम्प्लेक्सका शीर्ष अधिकारीहरूको भनाई छ, जबसम्म शुभेन्दु अधिकारी विरूद्ध यी दुवै मामिलाको जाँच शुरू गरिन्दैन तबसम्म राज्यमा भर्ती भ्रष्टाचार सहित अन्य मामिलाहरूमा प्रगति हुनु असम्भव छ।
तृणमूल कांग्रेसका कुणाल घोषदेखि लिएर अभिषेक ब्यानर्जीले बारम्बार शुभेन्दु अधिकारी विरूद्ध सारदा-नारद मामिलाको जाँच गराउने माग गरिरहेका थिए। तृणमूल कांग्रेसले आरोप लगाएको छ, शुभेन्दुले आफूलाई बचाउनका लागि भाजपामा सामेल भएका हुन्। तर अब शुभेन्दु अधिकारीले शायद राहत पाउनेछैनन् किनभने सीबीआईको ईस्टर्न रीजनल अथोरिटीले अगावै अमित शाह नेतृत्व केन्द्रिय गृह मन्त्रालयलाई चिट्ठी पठाएको छ।
चिट्ठीमा शुभेन्दु अधिकारी विरूद्ध नारद-सारदा मामिलाको जाँचको अनुमति मागिएको छ। यदि अमित शाहको मन्त्रालयले अनुमति दिए राज्य विधानसभामा नेता प्रतिपक्षलाई सोधपुछको निम्ति कोलकाताको सीजीओ कम्प्लेक्स वा निजाम पेलेसमा छिट्टै बोलाउन सकिन्छ।