भाजपा उम्मेदवारको घरमा हमला, आगलागी

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः पश्चिम बंगालमा शनिवार हुने पञ्चायत चुनाउ मतदानअघि बिहिवार मध्य रातमा दक्षिण २४ परगनाको झाड़खाली क्षेत्रमा भारतीय जनता पार्टीको उम्मेदवारको घरमा हमला गरिएको छ। आगो पनि लगाइएको छ। यसको आरोप सत्तारूढ़पार्टी तृणमूल कांग्रेसका कार्यकर्ताहरूमाथि लागेको छ।

जानकारी अनुसार, झाड़खली कोस्टल थाना अन्तर्गत नजरगंज क्षेत्रमा लिपिका मण्डल भाजपा उम्मेदवार हुन्। राति सत्तारूढ़ पार्टी तृणमूल कांग्रेससित जुड़ेका मानिसहरूले उनको घरभित्र पसे औं उनी तथा उनका पतिलाई बर्बर तरीकाले कुटे औ ज्यानले माने धमकी दिए। यद्यपि, हंगामाको आवाज सुनेपछि जब गाउँलेहरू जमा हुन थाले तब आक्रमकारीहरू त्यहाँबाट भागे।

सूचना पाउनसाथ रातको समय झाड़खाली कोस्टल थाना पुलिस घटनास्थलमा पुग्यो। अग्निशमन विभागको टीमले घटनास्थलमा पुगेर आगो निभाएको छ। भाजपा उम्मेदवारले लिखित शिकायत दर्ता गराएका छन्। यद्यपि, अहिलेसम्म मामिलामा कसैलाई पक्राउ गरिएको छैन। परिवारको भनाई छ, उनीहरू पूरै डराएका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement