कांग्रेस कार्यकर्ताहरूमाथि धारिलो हतियारले हमला

IMG-20230528-WA0320-5-300x172-1

कुचबिहारः दिनहाटा-१ नम्बर ब्लकको ओकराबाड़ी ग्राम पञ्चायतको इन्द्रनारायण क्षेत्रमा कथित तृणमूल समर्थकहरूले कांग्रेस कार्यकर्ताहरूमाथि धारिलो हतियारले हमला गरे। यस घटनामा दुई कांग्रेस कार्यकर्ता घाइते भएका छन्।

कांग्रेस प्रत्याशी मुकुल रहमानकी पत्नी शबाना यास्मीनले आरोप लगाइन्, बिहिवार अबेर राति मेरो घरमा कार्यकर्ताहरू र समर्थकहरूको साथ रात्रिभोजको आयोजना गरिएको थियो। तब अचानक धेरै मानिसहरू त्यहाँ आए औं हाम्रा कार्यर्ताहरूमाथि धारिलो हतियारले हमला गरे। जसमा हाम्रा दुई कार्यकर्ता घाइते भए।

उनले भनिन्, घटना तृणमूल कांग्रेसका गुण्डाहरूले अन्जाम दिएका छन् किनभने मेरा पति तृणमूलबाट टिकट नपाउँदा कांग्रेसाट चुनाउ लड़िरहेका छन्। यद्यपि, तृणमूल नेता नूर आलम हुसैनले आरोपहरूलाई निराधार बताएका छन्। दिनहाटा थाना पुलिस घटनाको जाँचमा जुटेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement