पञ्चायत चुनाउअघि बीरभूममा भारी मात्रामा बम उद्धार

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः पश्चिम बंगालमा शनिवार मतदान हुनेछ र त्यसअघि शुक्रवार बीरभूम जिल्लामा भारी मात्रामा जिउँदो बम उद्धार गरिएको छ। एउटा ड्रममा भरेर राखिएको दुई सय जिउँदो बम उद्धार गरिएको छ। घटना जिल्लाको दुबराजपुर महमूदपुर गाउँको हो।

पुलिस अनुसार, बिहिवार मध्यरातमा एउटा पोखरी नजिक बम राखिएको सूचना पाएपछि पुलिस टीमले छापा माऱ्यो र यी बमहरू उद्धार गऱ्यो। दुबराजपुर थाना पुलिसले जाँच शुरू गरेको छ। शुक्रवार बिहान सीआईडीको बम डिस्पोजल स्क्वाड घटनास्थलमा पुग्यो र बमहरूलाई निष्क्रिय गऱ्यो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement