पञ्चायत चुनाउअघि पुरूष शून्य रह्यो मालदहको यो गाउँ, महिलाहरूमा पनि भय

IMG-20230410-WA0169-11-300x172-2

मालदाः पञ्चायत चुनाउ हिंसालाई लिएर मालदा जिल्लाको गोपालपुर गाउँ आतङ्कित छ। यहाँ गत केही दिनदेखि लगातार गोलीबारी र बमबारी भइरहेछ। गाउँमा मानिसहरू यति डराएका छन् कि गाउँका सबै पुरूषहरू आ-आफ्नो घरहरूलाई छोड़ेर सुरक्षित स्थानहरूमा गइसकेका छन्।

स्थानीय महिलाहरूको भऩाई छ, गाउँमा केन्द्रिय बलका जवानहरू आएका थिए र घुमेर गए। एक-दुई पुलिस कहिले कांही देखा पर्छन्। तर बमबारी र गोलीबारी गर्नेहरूलाई समाइएको छैन। महिलाहरू डरले गर्दा घरदेखि बाहिर निस्कन सकिरहेका छैनन्। विपक्षी दलका उम्मेदवारहरू पनि क्षेत्रदेखि बाहिर छन्। मानिकचकको गोपालपुरका महिलाहरूले पनि यस्तै भयको माहोलमा जीवन बिताइरहेका छन्।

गाउँका महिलाहरूले भने, हाम्रो गाउँमा धेरै समस्याहरू छन्। बमबारी भइऱहेछ। घरका पुरूष गाउँ छोड़ेर गइसकेका छन्। उनीहरूलाई कसको साथ भोट दिन जाने चिन्ताले सताइरहेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement