कोलकाताः पञ्चायत चुनाउको निम्ति मतदानको दिन शनिवार वरिष्ठ भाजपा विधायक एवं नेता प्रतिपक्ष शुभेन्दु अधिकारी आफ्नो विधानसभा क्षेत्र नन्दीग्रामको आफ्नो मतदान केन्द्र परिधिदेखि बाहिर निस्कन सक्नेछैनन्। राज्य चुनाउ आयोगले एक दिनअघि मात्र जिल्ला पुलिसको माध्यमले चिट्ठी दिएर यो प्रतिबन्ध लगाएको थियो।
यस विरूद्ध शुक्रवार अधिकारीले कलकत्ता हाईकोर्टमा याचिका लगाएका थिए। न्यायमूर्ति अमृता सिन्हाको एकल पीठमा मामिलाको सुनवाई भयो। न्यायमूर्ति सिन्हाले स्पष्ट गरे, चुनाउ आयोगले जुनैपनि प्रतिबन्ध लगाएको छ, त्यो कायम रहनेछ। शुभेन्दु अधिकारी केवल आफ्नो मतदान केन्द्रको परिधिभित्र नै बस्न सक्नेछन्।
-हिस