नयाँ दिल्लीः सुप्रीम कोर्टले पश्चिम बंगालमा ३२ हजार शिक्षकहरूको शुरूआतदेखि नियुक्तिको कलकत्ता हाईकोर्टको आदेशमा रोक लगाएको छ। सुप्रीम कोर्टले भन्यो, नौकरीको साटो क्य़ाश मामिलाको सुनवाई अहिले हाईकोर्टको डीविजन बेञ्चमा लम्बित छ। त्यसको छिट्टो निष्पादन गरियोस्।
कलकत्ता हाईकोर्टले १२ मईमा ३२ हजार शिक्षकहरूको भर्ती प्रक्रियामा रोक लगाउने आदेश दिएको थियो। हाईकोर्टले पश्चिम बंगाल प्राथमिक शिक्षा बोर्डलाई केवल २०१६ को नियुक्ति प्रक्रियामा भाग लिने उम्मेदवारहरूको निम्ति तीन महिनाभित्र भर्ती प्रक्रियाको तुरन्तै व्यवस्था गर्ने आदेश दिएको थियो।
हाईकोर्टले निर्देश दिएको थियो, यस प्रक्रियामा सबै परीक्षार्थीहरूको साक्षात्कार र एप्टीट्यूड टेस्ट लिइनेछ र पूरा साक्षात्कार प्रक्रियाको भीडियोग्राफी गरिनेछ र त्यसलाई संरक्षित राखिनेछ। हाईकोर्टले भर्ती प्रक्रिया त्यही नियमहरू र कानूनी प्रक्रिया अन्तर्गत हुने निर्देश दिएको थियो, जस अन्तर्गत २०१६ को भर्ती प्रक्रिया भएको थियो।
-हिस