कुचबिहारः पञ्चायत चुनाउको प्रचारको अन्तिम दिन कुचबिहारको दिनहाटामा फेरि हिंसा भएको छ। बिहीवार अबेर राति दिनहाटा-२ नम्बर ब्लकको कालमाटी क्षेत्रमा गोलीबारी र बमबारी गरियो, जसमा चार भाजपा कार्यकर्ता घाइते भएका छन्। घाइतेहरूमा मिलन बर्मन, चन्द्रा बर्मन, अर्जुन बर्मन र हीरो बर्मन सामेल छन्।
प्राप्त जानकारी अनुसार, गत राति भाजपा समर्थक प्रचार समाप्त भएपछि उम्मेदवारको घर बाहिर बसेका थिए। तब बाइकमा केही बदमाशहरू आए औं अचानक पहिले तीन राउण्ड गोलीबारी गरे र फेरि बम फ्याँकेर भागे। गोलीबारीको सूचनामा साहेबगंज थाना पुलिस र केन्द्रिय बल घटनास्थलमा पुग्यो। जसपछि सबै घाइतेहरूलाई बामनहाट ब्लक प्राथमिक स्वास्थ्य केन्द्र लगियो। पछि त्यसमध्ये दुईलाई दिनहाटा महकुमा अस्पताल र दुईलाई कूचबिहार रेफर गरियो। एक आक्रमणकारीलाई स्थानीय मानिसहरूले समाएर पुलिसलाई सुम्पे।
भाजपाको दिनहाटा मण्डल अध्य़क्ष अजय रायले भने, प्रचारपछि नेता र कार्यकर्ता पार्टी उम्मेदवारको घर सामू बसेका थिए। त्यही बेला तृणमूल समर्थित पाँच बदमाशहरूले गोलीबारी र बमबारी गरे, जसमा चार भाजपा कार्यकर्ता घाइते भए। यसमा एकको स्थिति गम्भीर छ। यद्यपि, तृणमूलका दिनहाटा-२ ब्लक अध्यक्ष दीपक भट्टाचार्यले आरोपहरूलाई निराधार बताएका छन्।
-हिस