बीरपाडा: बन्दापानी चियाबारी खोल्ने बिषय लिएर एउटा जरुरी सभा बन्दापानी टिजी स्कुलको प्राङ्गणमा अलिपुरद्वार टिएमसी जिल्ला सभापति प्रकाशचिक बडाईकको नेत्तुत्वमा मदारीहाट ब्लक सभापति सञ्जय लामा, चाय बगान टिएमसी श्रमिक युनियन साधरण सभापति रविन राई, जयगाउँ विकास एथोरिटी उपाध्यक्ष जयप्रकाश टोप्पो, मदारीहाट खण्ड महिला समितिका अध्यक्ष अबिना थापा अनि स्थानीय श्रमिक युनियन र लगभग ५०० जना श्रमिकहरूको उपस्थितिमा सभा सम्पन्न भयो।

बन्दापानी चियाबारी विगत १३ जुलाई २०१३ देखि लगभग ९ वर्षको बन्दपछि पश्चिम बङ्गालका मुख्यमन्त्री ममता ब्यानर्जी र पश्चिम बंगाल सरकारको श्रमिक मन्त्री बेचारम मन्नाको अथक प्रयासमा बगान खोल्ने निधो गरिएको छ । यसैको निम्ति भोलि पश्चिम बंगाल सरकारको जोनल श्रमिकको कन्फरेस भवन डागापुर, सिलगढीमा बन्दापानी चियाबारीबाट श्रमिकवर्ग, टिएमसि चिया बगान श्रमिक युनियन, एडिसनल श्रमिक कमिशनरसँग बैठकमा भाग लिने भएको छ।