शिशिर ठटाललाई भोट गरिदिन आग्रह

si-1

गान्तोकः नेपाली रियालिटी शो मेरो भ्वाइस युनिभर्सको टप टेनमा पुगेका रम्फू निवासी शिशिर ठठाललाई भोट दिएर सहयोग पुऱ्याउन परिवार पक्षा र शिशिर फ्यान क्लबले आग्रह गरेको छ। रियालिटी शो को टप टेनसम्म पुगेका शिशिरलाई टप नाइनमा पुऱ्याउन हिजो बिहिवारदेखि भोटिङ लाइन खुलेको जानकारी दिंदै युवा प्रतिभालाई जिताउनका लागि भोट गरिदिन फ्यान क्लबले आग्रह गरेको हो।

शुक्रवार गान्तोकमा आयोजित पत्रकार सम्मेलन अवधि शिशिर फ्यान क्लबका सदस्यहरूले सिक्किम र सिक्किमे नागरिकहरूले संधै प्रतिभाको सम्मान र सहयोग गरेका छन् भन्दै शिशिर ठटाललाई पनि सहयोग पुऱ्याइदिन आग्रह गरे। उनीहरूले सिक्किम सरकार र मुख्यमन्त्री प्रेमसिंह तामाङले पनि शिशिरको निम्ति सहयोग पुऱ्याउने विश्वास व्यक्त गरेका छन्।

-हिस

About Author

Advertisement