मिथुन चक्रवर्तीकी आमाको निधनमा तृणमूलले शोक व्यक्त

00-1-Rajya-Samachar-1

कोलकाताः विख्यात अभिनेता मिथुन चक्रवर्तीकी आमा शान्ति रानी चक्रवर्ती अब हामीबीच रहिनन्। उनी लामो समयदेखि आयुजनित धेरै रोगहरूले पीड़ित थिइन्। उनको निधनमा पश्चिम बंगालको सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसले शोक व्यक्त गरेको छ। तृणमूल प्रवक्ता कुणाल घोषले शुक्रवार यसलाई लिएर ट्वीट लेखे, अभिनेता मिथुन चक्रवर्तीको निधनको खबर सुनेर धेरै दुःखी छु। मिथुन दाको पूरा परिवारलाई यो दुःख सहन गर्ने क्षमता दिने ईश्वरसित प्रार्थना गर्दछु।

उल्लेख्य, कोलकाताको जोड़ाबागानमा मिथुन सानैदेखि आफ्नी आमा र पिताको साथ बस्थे। त्यसपछि युवा अवस्थामा उनी मुम्बई गएका थिए जहाँ बलीवुडमा उनेल आफ्नो अभिनयको झण्डा गाँड़े। यद्यपि, उनले आमालाई कहेलि पनि एक्लो छोड़ेनन्। आफ्नी आमालाई उनले आफूसित मुम्बई लगेर गएका थिए, जहाँ उनले अन्तिम सास लिएकी छन्। तीन वर्षअघि मिथुनका पिताको निधन भएको थियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement