दुर्गम बक्साद्वार, आदमा र चुनाभट्टीमा पुग्यो चुनाउकर्मी

16bba2c7-a728-4b79-a1a7-20391d22a7c5

कालचिनीः पाँचौँ त्रिस्तरीय पञ्चायत चुनाउको प्रचार प्रसार सबै रोकिएपछि शनिबार सम्पन्न हुने भोट (मतदान) को निम्ति शुक्रबार कालचिनी डीसीआरसी केन्द्रबाट कालचिनी खण्डको २५८ वटा बुथहरूको निम्ति चुनाउकर्मीहरू प्रस्थान भयो।
यस क्रममा कालचिनी खण्डको मात्र नभएर अलिपुरद्वार जिल्लाको सबै भन्दा दुर्गम समुन्द्रतलबाट प्रायः २६०० फूटमा अवस्थित दुर्गम बक्साद्वार पहाड़का तीनवटा बूथहरू क्रमैले बक्साद्वार, आदमा र चुनाभट्टीमा चुनाउकर्मीहरू सकुशल पुगे।
यी तीनैवटा बुथहरूमा वाहन गुड़ने सड़क नभएकोले चुनाउकर्मीहरू ब्यालेट बक्स र भोटपत्रको भारी बोकेर पैदल उकालो हिँड़दै निश्चित बुथ रहेको गन्तव्यमा पुग्न सफल भएको छ भने शनिबार उक्त दुर्गम ठाउँहरूमा मतदान सम्पन्न गरेर फर्कने छन्।
यता यसै क्रममा नै कालचिनी खण्डको अन्य सबै बुथहरूमा चुनाउकर्मीहरू सकुशल पुगेको कालचिनी डीसीआरसी केन्द्रबाट जानकारी प्राप्त भएको छ।
ज्ञात रहोस, अलिपुरद्वारको ६६ वटा ग्राम पञ्चायत, १८९ वटा पञ्चायत समिति र १८ वटा जिल्ला परिषद आसनको निम्ति शनिबार मतदान सम्पन्न हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement