दार्जीलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वारहरूले आचार संहिताको उल्घन गरेको हाम्रो पार्टीले अारोप लगाएका छन्। हिज बिहीबारको साँझदेखि चुनाव प्रचार प्रसारको कार्य थामिएको भएता पनि भागोप्रमोको उम्मेद्वार सरस्वती गुरूङ, धुब्र प्रधान, संजय प्रधान, एचके थापा, सरजु छेत्री, हेम थापा, गोपाल प्रधान आदिले आज पनि लिङगिया चिया बगानको साइला धुरामा चुनावी प्रचार प्रसार गर्ने काम गरेको हाम्रो पार्टीले आरोप लगाएका छन्। यस अवधि उनीहरूलाई मतदाताहरूलाई प्रलोभन देखाउँदै प्लास्टिकहरू वितरण गर्ने काम गरेको र चुनावी प्रचार प्रसारको समय समाप्त भएर पनि यसरी चुनाव प्रचार प्रसार गर्नु आचार संहिताको उल्लंघन हो भन्दै यस सन्दर्भमा सम्बम्धित विभागीय अधिकारी समक्ष उचित कार्यवाही गर्ने मांग गर्दै हाम्रो पार्टीले अर्जी चढाएको बताएका छन्।