जीटीए चुनावमा खरसाङको टुंग सन्त मेरिज समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी नुरी शेर्पाको जीत

खरसाङ: जीटीए चुनावमा खरसाङको टुंग सन्त मेरिज समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी नुरी शेर्पा बिजय बनेका छन्। उनले यस चुनावमा जम्मा ५६०० भोट प्राप्त गरेका छन्। उनको निकटतम प्रतिद्वान्दी हाम्रो पार्टीको अल्फ्रेड तामाङले केवल २१८५ मात्र भोट प्राप्त गरेका छन्। यसबाहेक निर्दलीय प्रार्थीहरू क्रमैले रोहित मोक्तानले १२०५, शान्तिकुमार राईले ७६८, माधव राईले २७९, बिशाल थापाले १६१ अनि शिवकुमार प्रधानले ६५ भोट मात्र प्राप्त गरेका छन्। जीटीए चुनावमा खरसाङको टुंग सन्त मेरिज समष्टिबाट बिजय बनेका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी नुरी शेर्पाले पत्रकारहरूसित कुराकानी गर्दै यो जीत सम्पूर्ण समष्टीको जनताको र सम्पूर्ण पार्टी कार्यकर्ताहरूका जीत हो भनी बताएका छन्। उनले जनताले मलाई भारी मत दिएर जिताएको कारणले म मेरो घोषणा पत्रमा भएको बगानको पर्जापट्टा, श्रमिकहरूको दैनिक हाजिरा लगायत शिक्षा क्षेत्रमा काम गर्ने बताएका छन्। उनले समष्टीका बेरोजगारहरूलाई रोजगार दिनु र अन्य धेरै कार्यहरू गर्ने बताएका छन्। नुरी शेर्पाले समष्टीका सबै जनतालाई धन्यवाद पनि दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement