खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारीको पूर्व शिक्षिका एंव समाजसेवी कुइनी मार्था गुरुङको निधन भएको छ। उनको निधन ७६ वर्षको भएको छ। उनी घैयाबारीको नेताजी प्राथमिक पाठशालाको पूर्व शिक्षिका थिइन्। शिक्षण पेशाबाट अवकाश लिएपछि समाज सेवामा समर्पित भएर कार्य गरिरहेका थिए। उनी घैयाबारीको विभिन्न सामाजिक संघ संस्थाहरूसित संलग्न रहेर कार्य गरिहेका थिए। उनी वरिष्ठ नागरिक कल्याण संगठन घैयबारीको सदस्या थिइन्। कुइनी मार्था गुरुङले आफुपछि पति, चारजना छोरीहरू, ज्वाईहरू र नाता नातिनीहरू छोडी गएका छन्। उनको जन्म १२ फरवरी १९४७ मा भएको थियो। उनले शिक्षण पेशासितै विभिन्न सामाजिक कार्यहरूमा संलग्न रहेर कार्य गरिहेका थिए।