सिलगढीमा निर्माणाधीन बहुमंजिला भवनबाट सुरक्षा गार्डको शव फेला

1ed6daca-8b35-478c-8e02-c94e79dbddc1

सिलगढी: सिलगढीको शिव मन्दिर क्षेत्रमा निर्माणाधीन बहुमञ्जीला भवनबाट एक सुरक्षा गार्डको शव फेला परेको छ। घटनालाई लिएर क्षेत्रमा निकै तनाव फैलिएको छ। मृतक सुरक्षा गार्डको नाम तपस चक्रवर्ती हो, जो अलिपुरद्वारका निवासी हुन्। उनी विगत एक महिनादेखि सो भवनमा सेक्युरिटी गार्डको रुपमा कार्यरत रहेको बताइएको छ। शुक्रबार बिहान घरधनी त्यहाँ गएपछि निर्माणाधीन बहुतले भवनको गेट नजिकै उनको शव लडिरहेको देखे। तत्कालै माटिगढा पुलिसलाई खबर गरियो। पुलिसले घटनास्थलमा पुगेर शव बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएको छ। शव नजिकै टर्च भेटिएको थियो। शारीरिक अस्वस्थताका कारण उनको मृत्यु भएको अनुमान गरिएको छ। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement