खरसाङ: खरसाङ खण्ड अन्तर्गत पर्ने १४ वटा ग्राम पञ्चायतहरूको विभिन्न बुथहरूमा चुनाव कर्मीहरू पुगिसकेका छन्। भोलि ८ जुलाईको दिन हुने पञ्चायत चुनावको लागि खरसाङ खण्ड अन्तर्गत पर्ने ५८ वटा पुलिङ बुथहरूमध्ये यसपाली ५६ वटा पुलिङ बुथहरूमा चुनाव हुने तय भएको छ। यस विषयमा खरसाङ खण्ड विकास लक्ष्मण विश्वासले जानकारी गराए अनुसार ८ जुलाईको दिन हुने पञ्चायत चुनावको लागि खरसाङको सन्त अल्फन्सेस विद्यालयस्थित कन्ट्रोल रुमबाट चुनाव कर्मीहरू आफ्नो आफ्नो बुथहरूमा पुगिसकेका छन्। उनले बताए अनुसार यसपाली हुने पञ्चायत चुनावमा खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न १४ वटा ग्राम पञ्चायतहरूमा रहेको जम्मा ५८ वटा बुथहरूमध्ये ९६ वटा बुथहरूमा चुनाव हुने भएको बताएका छन्। खरसाङ खण्डको ९८ बुथहरूमध्ये २ वटा बुथहरूमा पञ्चायत सदस्य र पञ्चायत समितिको प्रार्थीहरू नै निर्विरोध रहेको कारणले ती निर्विरोध रहेको २ वटा बुथहरुमा चुनाव हुने छैन। जानकारी अनुसार खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको सिविटार चियाबारीको बुथ नम्बर २५८ र गिताङ्गे चियाबारीको बुथ नम्बर २५७ मा पञ्चायत सदस्य र पञ्चायत समितिको सदस्य दुवै निर्विरोध रहेको कारणले चुनाव नहुने भएको छ।