अब उच्च माध्यमिकका लागि आधार अनिवार्य हुने!

00-1-Rajya-Samachar-1

कोलकाता: अब उच्च माध्यमिक पंजीकरणको लागि आधार कार्ड अनिवार्य हुनेभएको छ। आधार कार्ड नहुँदा परीक्षामा सहभागी हुने मौका नपाउन सक्छ। संसदबाट एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिइएको हो। कक्षा ११ को लागि अनलाइन भर्ना प्रक्रिया १६ अगस्तदेखि शुरु हुँदैछ। शैक्षिक वर्ष २०२३-२४ मा पंजीकरण गर्दा विद्यार्थीको आधार नम्बर अनिवार्य हुनुपर्ने उच्च माध्यमिक शिक्षा संसदले भनेको छ। फाइन बिना पंजीकरण ३१ अक्टोबरसम्म गर्न सकिन्छ। फाइन तिरेर ३ नोभेम्बरदेखि १० नोभेम्बरसम्म जारी रहनेछ। जारी विज्ञप्तिअनुसार २०२२-२३ शैक्षिक वर्षमा पंजीकरणको समयमा आधार नम्बर नदिने विद्यार्थीले पनि अनलाइन पोर्टल मार्फत आधार नम्बर दिनुपर्नेछ। यो १६ अगस्तदेखि ३१ अक्टोबरसम्म गरिनेछ। आधार नम्बर नहुँदा सम्बन्धित विद्यार्थीको प्रवेशपत्र तयार गर्नमा समस्या आउन सक्ने र परीक्षामा उपस्थित हुन पनि समस्या हुनसक्ने संसदले जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *