नक्सलबारी: नेपाल-भारत सीमास्थित मणिराम जोतबाट अवैध रुपमा नेपालबाट भारतमा प्रवेश गर्ने क्रममा २ वटा गाईसहित एकजना व्याक्ति पक्रा परेको छ। भारत-नेपाल सीमाको नक्सलबारीस्थित मणिराम जोतमा गस्ती लगाइरहेको समय एसएसबीका जवानहरूले अवैध रुपमा नेपालबाट भारत प्रवेश गर्ने क्रममा २ वटा गाईसहित एक जनालाई पक्राउ गरेको बताइएको छ । पक्राउ पर्ने व्याक्ति छोटा मणिराम जोत निवासी ६० वर्षीय मोहम्मद इस्लामको रूपमा चिन्हित गरिएको छ। पक्रा परेका मोहम्मद इस्लामलाई नक्सलबारी पुलिसको हातमा सुम्पिएपछि आज तिनलाई सिलगढी अदालतमा पेश गरियो।