पहाड़को सुदुरवर्ती मतदान केन्द्रहरु गोर्खे समान्देन तथा सिरिखोला डाँडा गाउँमा चुनावकर्मीहरू घोड़ामा चढ़ेर प्रस्थान

IMG-20230707-WA0199.jpg

दार्जिलिङ: लामो समयको प्रतीक्षापछि दार्जिलिङ पहाडमा हुन लागेको पञ्चायत चुनाव गर्ने अन्तिम तयारी लगभग पुरा भइसकेको छ। यसै क्रममा राज्यकै सबैभन्दा ठूलो खण्ड मानिने दार्जिलिङ पुलबजार खण्डमा पनि चुनावको अन्तिम तयारीमा जुटेको छ। यसको लागि बिजनबारी महाविद्यालयलाई खण्डको कण्ट्रोल रुमको रूपमा बनाइएको छ। हिजै मतदान केन्द्रको निम्ति खटिने कर्मचारीहरुले कन्ट्रोल रुममा रिपोर्टिङ गरिसकेको तथा आज आ आफ्नो मतदान केन्द्रको निम्ति प्रस्थान गरिसकेका छन्।

अर्कोतिर राज्यकै सबैभन्दा सुदुरवर्ती मतदान केन्द्रहरु गोर्खे समान्देन २३/०१ तथा सिरिखोला डाँडा गाउँ २३/०२ को निम्ति मतदान अधिकारीहरु आ आफ्नो केन्द्रको निम्ति हिजो अबेरसम्म घोडचढीमा पुगिसकेको थाहा लागेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement