खरसाङ: ८ जुलाईको दिन हुने पञ्चायत चुनावको लागि खरसाङ खण्डको लागि मुख्य कन्ट्रोल रूम खरसाङको सन्त अल्फन्सेस विद्यालयलाई बनाइएको छ। भोलि हुने पञ्चायत चुनावको लागि आज सबै चुनाव कर्मीहरू सन्त अल्फन्सेस विद्यालयमा आएर तयारी गरेर आफ्नो आफ्नो क्षेत्रमा चुनावको लागि गएका छन्।

खरसाङ खण्ड अन्तर्गत पर्ने १४ वटा ग्राम पञ्चायतहरूमा पर्ने विभिन्न बुथहरूमा चुनाव कर्मीहरू सन्त अल्फन्सेस विद्यालयबाट निस्केका छन्। यसपाली खरसाङ खण्डको १४ वटा ग्राम पञ्चायतहरूमा रहेको ३१ वटा पञ्चायत समितिको सिटहरू र १२७ वटा पञ्चायत सदस्यको सिटहरूमा चुनाव हुने पर्ने भए पनि १८ वटा पञ्चायत सदस्यहरू र ५ जना पञ्चायत समितिको सिटमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीहरू निर्विरोध रहेका छन्।

आजाको विषयमा खरसाङको सन्त अल्फन्सेस विद्यालयमा खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विस्वासवे विस्तृत रुपमा जानकारी गराएका छन्।