यो जीत मेरो होइन जनताको जीत हो: नवराज छेत्री
खरसाङ: जीटीए चुनावमा खरसाङको तीनधारे महानदी समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी नवराज छेत्रीले भारी मतले बिजय हाँसिल गरेका छन्। उनले मात्रै ६ हजार ८ सय ६७ भोट प्राप्त गरेका छन् भने उनको निकटत्तम प्रतियोगीको रुपमा हाम्रो पार्टीको रिन्जेन कुसाङ मोक्तानले २ हजार ५५ भोट प्राप्त गरेका छन्। त्यसरी तेस्रो नम्बरमा निर्दलीय प्रार्थी आईतमान राईले ११ सय ७१ भोट पाएका छन् भने चौथोमा निर्दलीय प्रार्थी सुरेशचन्द्र दर्नालले ६ सय ३६ अनि निर्दलीय प्रार्थी सत्यवान छेत्रीले २६२ मत प्राप्त गरेका छन्। आफ्नो जीतपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीले य जीत मेरो होइन जनताको जीत हो भनी बताएका छन्। उनले जातको श्रेय जनतालाई अनि भागोप्रमो अध्यक्ष अनित थापालाई साथै सम्पूर्ण पार्टी कार्यकर्ताहरूलाई दिएका छन्। नवराज छेत्रीले पत्रकारहरूलाई सम्बोधन गर्दै तीनधारे महानदी समष्टिको २२ वटै बुथहरूमा जनताले मलाई जिताएको छ भन्दै यो जीत मेरो होइन तर जनताको जीत हो र संगठन सबै मिलेर ल्याएको जीत हो भनी बताएका छन्। छेत्रीले अब समष्टीको २२ वटै बुथहरूमा गएर जनतालाई धन्यवाद दिने अनि कसरी काम गर्नुपर्ने हो हाम्रो टीम बसेर केन्द्र समितिसित बसेर छलफल गर्ने बताएका छन्। उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले मलाई विस्वास गरेर टिकट दिएको र सबै बुथहरूले मलाई जिताएको कारणले पार्टी अध्यक्ष अनित थापा र पार्टी कार्यकर्ताहरू साथै समष्टीका सम्पूर्ण जनतालाई धन्यवाद दिएका छन्।