७ जुलाईः साफ च्याम्पियनशीप २०२३-को अवधि भारतीय समर्थकहरू मात्र नभएर सम्पूर्ण विश्वले नै भारतीय फूटबलको अलग मिजास देख्यो। टुर्नामेण्टमा नवौंपल्ट खिताब जित्ने गोरेटोमा भारतले केवल एक गोल खायो। च्याम्पियनशीपको शुरुवात नै चरम उत्तेजनाले भरिएको रह्यो। भारत र पाकिस्तानबीच पहिलो म्याचमै मैदानमा माहोल गरम भयो। त्यस म्याचमा भारतीय प्रशिक्षक इगोर स्टीमाकले एउटा फसेलालाई लिएर म्याच अधिकारीहरूसँग खुलेर बहस गरे। त्यसपछि कुवैत विरुद्ध म्याचमा पनि खेलाड़ीहरूले आक्रामक मिजास देखाए। त्यस म्याचमा जम्मा तीनवटा रेड कार्ड देखाइयो। नेपाल विरुद्ध म्याचमा पनि माहोल उत्तिकै गरम रह्यो। यो निश्चित रूपले म्याचको आनन्द लिन स्टेडियममा उपस्थित हजारौं दर्शकहरूले गर्दा भएको थियो, जसको अपार समर्थनले भारतीय खेलाड़ीहरूलाई पूरा जोशमा देखियो। च्याम्पियनशीपको फाइनल हेर्न बेंगलुरुको कान्तीर्वा स्टेडियममा लगभग २६ हजार दर्शकहरू उपस्थित थिए। भारतीय क्रिकेट टीमको आईसीसी टुर्नामेण्टहरूमा निराशाजनक प्रदर्शनपछि प्रशंसकहरू अहिले क्रिकेटलाई भुलेर फूटबल खेल तर्फ आकर्षित भइरहेका छन्। यसैकारण भारतीय फूटबलले मानिसहरूलाई लगातार आकर्षित गरिरहेको छ।
भारतीय कोच सबैभन्दा अघिः
पूरा च्याम्पियनशीपको अवधि भारतीय प्रशिक्षक स्टीमाकलाई सबैभन्दा अधिक जोश र आक्रामक मिजासमा देखियो। पाकिस्तान विरुद्ध म्याचमा विपक्षी खेलाड़ीलाई वाधा दिँदा उनले पहिला यल्लो कार्ड देखे। त्यसपछि म्याच अधिकारीहरूसँग बहस गर्दा उनले रेड कार्ड देख्नु पऱ्यो। यसैकारण नेपाल विरुद्ध म्याचमा उनी डगआउटमा बस्न सकेनन्।त्यसपछि कुवैत विरुद्ध म्याचमा पनि उनले रेड कार्ड देख्नु पऱ्यो। भारतले पछिबाट कुवैत विरुद्ध फाइनल खेल्दा पनि स्टीमाक टीमसँग नबसेर ग्यालरीमा बस्नु पऱ्यो। यस्तो स्थितिमा कप्तान सुनिल छेत्रीले प्रशिक्षक बिना नै टीमलाई नेतृत्व प्रदान गर्दै च्याम्पियनशीप जितेर विरोधीहरूलाई उचित जवाफ दिए। भारतीय टीमको यस असाधारण प्रदर्शनपछि स्टीमाकको ठूलो भूमिका रहेको छ, जसले खेलाड़ीहरूका एउटा झुण्डलाई एकजुट गरी हरेक म्याचमा जीतको निम्ति लड़ाइँ गर्ने मन्त्र सिकाएका छन्। स्टीमाकको मार्गदर्शनमा लगातार असल प्रदर्शनले गर्दा नै भारत अहिले फिफा ऱ्यांकिंगमा पनि १००औं स्थानमा पुगेको छ। भारतले साफ च्याम्पियनशीपको केही दिन अघि मात्र इण्टरकण्टिनेण्टल कप पनि जितेको थियो।