नयाँ दिल्ली: केन्द्र सरकारले आगामी २० जुलाईमा संसदको मनसून सत्र शुरू हुन एक दिनअघि अर्थात १९ जुलाईमा सर्वदलीय बैठक डाकेको छ। संसदको मनसून सत्र आउँदो २० जुलाईदेखि ११ अगस्तसम्म चल्नेछ। केन्द्रीय मन्त्री प्रह्लाद जोशीले मनसून सत्रको घोषणा गर्दै सबै दलहरूसित सदनलाई सुचारू रूपमा संचालन गर्नको लागि सहयोग गर्ने आग्रह गरेका छन्। संसदको मनसून सत्र हाल पुरानै संसद भवनमा आयोजना गरिनेछ। -हिस