नेपाल: कोशी प्रदेशमा कांग्रेसका उद्धथ थापा मुख्यमन्त्री नियुक्त

00-1-cm_292

काठमाडौं: नेपालको कोशी प्रदेशमा नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन्। उनलाई बिहीबार प्रदेश प्रमुख पशुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन्। थापाले बहुमत प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेश गरेका थिए। ९३ सांसद रहेको प्रदेश सभामा थापाले सभामुखसहित ४७ सांसदको हस्ताक्षर बिहिबार साँझ प्रदेश प्रमुख खापुङलाई बुझाएका थिए। थापालाई नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको सभामुखसहित १३, नेकपा एसको ४ र जनता समाजवादी पार्टीको १ सांसदले समर्थन गरेका छन्। तर, नेकपा एमालेले सभामुखको हस्ताक्षर अवैधानिक भन्दै थापाको मुख्यमन्त्री नियुक्ति विरुद्ध अदालत जाने चेतावनी दिएको छ। कोशीमा नेकपा एमालेको ४० र राप्रपाको ६ सांसदले थापालाई समर्थन गरेनन्। यसै हप्ता एमालेबाट मुख्यमन्त्री बनेका हिक्मत कार्की विश्वासको मत लिन असफल भएपछि पदमुक्त भएका थिए। बिहीबार नै एमाले कोशी प्रदेशका संसदी यदलका नेता हिक्मत कार्कीले प्रदेश प्रमुख खापुङलाई भेटी सभामुख समेत गणना गरेर बहुमत मान्यता नदिन ध्यानाकर्षण गराएका थिए। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement