गान्तोक: उत्तरपूर्वी राज्यहरूमा डिस्पोजेबल आय र जिल्ला उद्योग केन्द्रहरूको पुनर्संरचना सम्बन्धी एक दिने कार्यशाला आज तादोङको उद्योग भवनको सम्मेलन हलमा सम्पन्न भयो। आयोजक एनआई-एमएसएमई माइक्रो,लघु र मझौला उद्यममाथि काम गर्ने भारत सरकारको एक संगठन हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित अधिकारी परी बिश्नोईले प्रत्येक उद्यमी अद्वितीय भएकाले उनीहरूको उद्यमशील यात्रामा उनीहरूको विशिष्ट आवश्यकता र आकांक्षाहरू पूरा गर्न विभिन्न प्रकारका संयन्त्रहरू उपलब्ध गराउन महत्त्वपूर्ण भएको बताइन्। उनले सिक्किमले आशाजनक उद्यमशीलताको सम्भावना देखाउँदै आएको छ भन्दै राज्यमा साना उद्यमीहरू र स्वयं सहायता समूहहरूको प्रयासलाई सहयोग गर्नु महत्त्वपूर्ण बताइन्। उनले नियमित रूपमा सचेतना कार्यक्रमहरूको आवश्यकतामा जोड दिँदै उद्यमीहरूलाई थप अवसरहरू सिर्जना गर्न व्यापार कोष र आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने ब्यांकरहरूलाई आग्रह गरे। उनले साना उद्यमीलाई दिगो विधि अप्नाउन तालिम र सहयोग उपलब्ध गराउन सम्बन्धित विभागलाई आग्रह गरिन्। स्टेट ब्यांक अफ इण्डियाका अधिकारी अनित लामिछानेले आफ्नो संक्षिप्त सम्बोधनमा ब्यांकले लचिलो भुक्तानी सर्तहरू र उचित ब्याज दरहरू प्रदान गर्ने क्रेडिट सुविधा प्रदान गरेको उल्लेख गरे। उनले उद्यमीहरूलाई सशक्त बनाउन आर्थिक सहयोग उपलब्ध गराएर व्यवसायी समुदायको दिगो विकासमा टेवा पुग्ने बताए। उद्यमीहरूका लागि व्यवसाय सुरु गर्ने र बढाउने प्रक्रियालाई सहज बनाउन ब्यांकहरूको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए। जिग्मी भोटियाले कार्यक्रम संरचनाको बारेमा जानकारी दिए। यसबीच एक अन्तरक्रियात्मक सत्र पनि आयोजना गरिएको थियो जसमा सहभागीहरूबाट प्रतिक्रिया र सुझावहरू आदान प्रदान गरिएको थियो।