पञ्चायत चुनाउमा गठबन्धन दलको पक्षबाट भाजपाको टिकटमा खडा भएका लङ्भ्यू निवासी हमिङ तामाङद्वारा चुनाउ प्रचार

IMG-20230706-WA0504.jpg

खरसाङ: यसपल्टको पञ्चायत चुनाउमा गठबन्धन दलको पक्षबाट भाजपाको टिकटमा खडा भएका लङ्भ्यू निवासी हमिङ तामाङले आज चुनाउ प्रचारको अन्तिम दिन यहाँको हस्पिटल लाइनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देशमा कोरोनाकालमा मानिसहरू भोकभोकै मर्ने अवस्थामा पुग्दा यही भाजपा सरकारले निशुल्क रासनको व्यवस्था गरिदिएको थियो भन्दै हामीले त्यो ऋणलाई कदापि भुल्नु हुँदैन भनी जनाए। तिनले क्षेत्रिय सभासद कल्पना प्रधानप्रति इंकित गर्दै उनले लङ्भ्यूलाई आफ्नो घर सम्झन्छु भन्छन् भने, हामीलाई आफ्नो छोरा-छोरी सम्झन्छन् भने जतिबेला हामी भोकभोकै मर्ने अवस्थामा थियौँ त्यत्तिबेला उहाँ कता गएकी थिइन्। तामाङले तिनलाई बिनाकारण मुद्दा समेत हालेको पनि आफ्नो सम्बाेधनको क्रममा जनाए। तिनले भने-म बरु भोकै बस्छु तर आफ्नो स्वाभिमान बेच्दिनँ। कल्पना गुरूमालाई उहाँले मागेको खण्डमा गुरू दक्षिणा स्वरूप एउटा आँखा दिनसक्छु, मुटु नै पनि दिन सक्छु तर यो बुढी औला दिदिनँ। कारण मलाई भोकबाट, रोगबाट बचाउने केन्द्रको भाजपा सरकार हो, नरेन्द्र मोदी हुन्। त्यसर्थ मैले त्यो ॠण चुकाउनुपर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement