अनित थापा झूठ बोल्नमा माहिर छन्: अमृत राई
दार्जीलिङ: भागोप्रमोको अध्यक्ष एंव जीटीए चिफ् अनित थापा झूठ बोल्न माहिर रहेको अमृत राईले बताएका छन्। अमृत राई लगायत गाउँका सबै कार्यकर्ताहरूले भागोप्रमो छोडेर आज हाम्रो पार्टीमा सामेल भएका छन्। शहरको माल रोडस्थित हाम्रो पार्टीको कार्यालय पी कोठीमा एक सभा सम्पन्न भयो। सभामा पार्टीको केन्द्रीय उपाध्यक्ष रोबर्ट छेत्री विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै पार्टीको केन्द्रीय कार्यकर्ता एंव पूर्व चेयरम्यान रितेश पोर्तेल, फिन्जो गुरूङ, गोपाल परियार, रंगबुल धोत्रे संयोजक आदि उपस्थित रहेका थिए। सभामा रंगबुल धोत्रे समष्टिको लोवर सिडर्स आदि क्षेत्रका भागोप्रमोको वरिष्ठ कार्यकर्ता अमृत राई, अभिषेक मोथे, नवीन राई, अरूण राई, मन्धोज माइला राई, रामकुमार राई, प्रमोद राई, हेमचन्द्र गुरूङ, उपेन्द्र राई, राजेश राई, सन्तवीर राई, देवचन्द्र मोथे, सानीमाया तामाङ, विमला मोथे, निरूप राई, देविका राई, अर्चना राई, चरण राई, दिपेन राई आदिले हाम्रो पार्टीमाथि आस्था र भरोसा राख्दै पार्टीको झण्डा समाएका छन्। हाम्रो पार्टी केन्द्रीय उपाध्यक्ष रोवर्ड छेत्री, रितेश पोर्तेलले पार्टीमा न्यानो स्वागत जनाउँदै पार्टीको झण्डा सोम्पिए। पार्टीको झण्डा समाएपछि अमृत राईले उपस्थित भीडलाई सम्बोधन गर्ने क्रममा भागोप्रमो अध्यक्ष अनित थापा झूठ बोल्नुमा माहिर रहेको बताए।तिनले अधि भने हामीले हाम्रो पार्टीको निष्पक्ष विकाशको कार्य साथै अध्यक्ष अजय एडवाडर्सको स्वच्छा सोच देखेर हामी आज हाम्रो पार्टीमा सामेल हुन आएका हौ। तिनले अधि भने हामी प्रजातान्त्रिक मोर्चाको कमर्ठ कार्यकर्ता एंव सदस्यहरूको रूपमा कार्यरत थियौ। गत जीटीए सभाको चूनावमा भागोप्रमो अध्यक्ष अनित थापाले हामीलाई हाम्रो गाउँ एंव क्षेत्रमा धेरैवटा विकाशको कार्य हरू गरी दिने वचनहरू दिएका थिए। जीटीए बोर्ड गठन भएको एक बर्ष नाघी सक्दा पनि आजसम्म ती वचनहरू पूरा गरेका छैनन,हामीले यस बारे भागोप्रमो अध्यक्ष एंव जीटीए चीफ अनित थापालाई धेरै पटक उनको वचनहरू बारे अवगत गरायौ तर उनले हाम्रो एक सुन्दा हामी हार खाएर पार्टी नै छोडने निर्णय लिएका हौ राईले भने। तिनले अधि भने हामी आफ्नो ब्यक्तिगत स्वर्थ लिएको आएका छैनौ अनि आजसम्म हामीले आफ्नो ब्यक्तिगत स्वर्थको निम्ति कुनै काम गरेका छैनौ तर हामी अनित थापालाई उसले दिएको वचनहरू पूनः अवगत गराउने कामहरू मात्र गरेका थियौ तर उनले हामीलाई केवल प्रयोग मात्र गरेका थिएछ भन्ने बुझयौ।भागोप्रमोले चूनावको अधि गाउँको बाटो बनाई दिने वाचाहरू गरेका थिए, गाउँमा सर्वजनिक भवनको निर्माण गरी दिने वचन दिएका थिए तर आजसम्म ती वचनहरू मध्ये कुनै पनि पूरा गरेका छैनन भन्दै राईले भागोप्रमो वचन हारा पार्टी रहेको बताए।