दु:ख र समस्याहरू बुझेकाहरूलाई साथ दिएर भष्ट्रचारमुक्त पहाड बनाउन सहयोग गर्नुहोस्: दिपु थापा

IMG-20230706-WA0477.jpg

दार्जीलिङ: भष्ट्रचार मुक्त बनाउन गठबन्धनको उम्मेद्वारहरूलाई विजय तुल्याउने दिपु थापाले आह्वान् गरेका छन्। संयुक्त गोर्खा गठबन्धनको नेतृत्वहरूले आज घूम जोरबंगला क्षेत्रहरूमा पर्ने पञ्चायत अनि पञ्चायत समितिको चुनावमा खडा भएका गठबन्धन उम्मेद्वारहरूको पक्षमा आज चुनावी प्रचार प्रसारको लागि सभा सम्पन्न भएको छ जसमा हाम्रो पार्टीको पक्षबाट केन्द्रीय कमिटी सदस्य दिपु थापा अनि गोरामुमोको पक्षबाट समीर राई उपस्थित थिए। घूम जोरबंगला क्षेत्र निकै ठूलो भएको हुनाले यस क्षेत्रमा दुईवटा ग्राम पञ्चायत अनि एउटा पञिचायत समितिको सीट रहेको छ जसमा मंगर गाउँबाट निमा लमु शेर्पा अनि डायरी लाइनबाट रिता सुब्बालाई गठबन्धनले ग्राम पञ्चायतको चुनावमा खडा गरेका छन्। त्यसरी नै पञ्चायत समितिको चुनावमा कमला याल्मोलाई खडा गरेका छन्। पहाडमा धेरै वर्षपछि पञ्चायत चुनाव हुन गईरहेको छ अनि यस पञ्चायत चुनावमा हामीले भष्ट्रचारमुक्त ग्रामीण बनाउनलाई गठबन्धन गरेका हौं भन्ने दिपु थापाले बताए। उनले भने, हाम्रो क्षेत्रमा मतदाताहरूको संख्या धेर भएको कारणले गर्दा दुईवटा ग्राम पञ्चायत सदस्य अनि एउटा पञ्चायत समितिको सीट रहेको छ। पहाडमा दिन प्रतिदिन भष्ट्रचार बड्दै गईरहेको छ। यी सबै देखेर नै हामीले भष्ट्रचारमुक्त पहाड बनाउनलाई गठबन्धन गरेका हौ थापाले भने।गठबन्धनको सबै उम्मेद्वारहरू समाज सेवीहरू हुन, आईसीडीएसमा बीस पच्चीस वर्षभन्दा लामो समयसम्म कामहरू गरेका छन्। दुःख र समस्या के हो भन्ने उनीहरूले राम्रोसंग बुझेको छ अनि त्यही दुःख र समस्याहरूदेखि ग्रामवासीहरूलाई मुक्त गराउन हामीले उनीहरूलाई चुनावमा उतारेका हौं थापाले भने। भष्ट्रचारी पार्टीलाई पहाडमा जरादेखि नै उखालेर फाल्नलाई एक चोटी गठबन्धनलाई मौका दिने दिपु थापाले मतदाताहरूलाई आह्वान् गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement