जीटीए चुनावमा २७ सिट जितेर बोर्ड गठन गर्न सक्षम भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा

यो जीत जनताको जीत हो: अनित थापा

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीटीए चुनावमा बहुमत ल्याएर जीटीए सभाको बोर्ड गठन गर्ने भएको छ। जीटीए सभाको ४५ वटा सिटहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले २७ वटा सिटहरूमा बिजय बनेर जीटीएको बोर्ड गठन गर्ने भएको छ। दार्जिलिङको १७ वटा सिटहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले ७ वटा सिटहरूमा बिजय हाँसिल गरेका छन् भने हाम्रो पार्टीले पनि ७ वटै सिटहरूमा बिजय हाँसिल गरेका छन्। त्यसरी नै टिएमसीले १ र निर्दलीय २ ले जितेका छन्। हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्ड र प्रमोस्कर ब्लोन पनि बिजय बनेका छन् । तर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामा र दार्जिलिङ महकुमा समितिको सभापति आलोक कान्तमणि थुलुङले भने हारको सामना गर्नु परेको छ। कालेबुङ जिल्लामा जीटीए चुनावको परिणाम अनुसार जम्मा १३ वटा सिटहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले ८ वटा सिटहरूमा अनि निर्दलीय प्रार्थीहरूमा ४ जना र टिएमसी १ जनाले जितेका छन्। कालेबुङमा हाम्रो पार्टीले खाता पनि खोल्नु सकेन। यता खरसाङ र मिरिक लगाएर जम्मा १५ वटा समष्टिहरूमध्ये भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले ११ वटा सिटहरूमा कब्जा गरेको छ भने हाम्रो पार्टीले केवल एउटा मात्र सिट जितेको छ जुन तकदाह ग्लेनवर्ण समष्टि हो। यस समष्टीमा हाम्रो पार्टीको सन्नी तामाङले केवल २ भोटले मात्र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी पुलक मोक्तानलाई जितेका छन्। खरसाङको तीनवटा सिट तृणमूल कांग्रेसले जितेको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीटीए चुनावमा २६ वटा सिटहरूमा जीत हाँसिल गरेका छन् भने रंगबुल धोतरिया रंगमुक समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा चुनाव लड़ने राजेस चौहान पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सहयोगमा रहेकोले उनीसितै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीटीए चुनावमा जम्मा २७ वटा सिटहरू जितेर जीटीए सभाको बोर्ड गठन गर्ने निश्चित भएको छ।
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले दुवैवटा समष्टीहरू क्रमैले खरसाङ गिध्द पहाड़ समष्टि र सिटोङ लाठपञ्जार समष्टीबाट नै भारी मतले बिजय हाँसिल गरेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले २७ सिट जितेर बहुमत प्राप्त गरेको साथै आफ्नो दुवैवटा सिटबाट बिजय हाँसिल गरेको विषयमा खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो अध्यक्ष अनित थापाले यो जीत जनताको हो भन्दै धेरैवटा चुनावहरू हारे पनि मैले यसपाली च्यालेञ्चको रुपमा लिएको थिए र यसपालीको चुनाव मेरो महत्वपूर्ण थियो तर जनताले यसपाली भरोसा देखाएको छ र काम गरेर देखाउनुपर्छ भनी बताएका छन्। उनले हामीले जितेका छौं तर जीतको खुशी शान्तीपूर्ण ढंगमा मनाउने आह्वान् गर्दै जीतको खुशी मनाउँदा शान्ति भंग नहोस् भनी बताएका छन्। थापाले जनताले भरोसा देखाएको छ र अब हामी जनताले देखाएको भरोसा अनुसार काम गरेर देखाउनुपर्छ भनी बताउँदै जीटीएमा काम गर्नु पर्ने धेरै रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement