तीनधारे महानदी समष्टिको चारवटै ग्राम पञ्चायतहरूमा भागोप्रमोले बोर्ड गठन गर्ने सभासद नवराज छेत्रीको दाबी

IMG-20230706-WA0457.jpg

खरसाङ: तीनधारे महानदी समष्टिको चारवटै ग्राम पञ्चायतहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले यसपालीको पञ्चायत चुनावमा बोर्ड गठन गर्ने दाबी तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले गरेका छन्। आज तीनधारेको पार्टी कार्यालयमा एक पत्रकार भेला बोलाएर सभासद नवराज छेत्रीले यसपालीको पञ्चायत चुनावमा तीनधारे महानदी समष्टिको चारवटै ग्राम पञ्चायतहरूमा रहेको ३१ वटा पञ्चायत सदस्यको सिटहरू र पञ्चायत समितिको ८ वटा सिटहरू गरी सबैमाभारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले प्रार्थीहरू दिएको र सबैमा बहुमत ल्याएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बोर्ड गठन गर्ने बताएका छन्। उनले यसपालीको पञ्चायत चुनावमा तीनधारे महानदी समष्टिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको दुईजना पञ्चायत सदस्यको रूपमा र एकजना पञ्चायत समितिमा निर्विरोध रहेको पनि जानकारी गराएका छन्। सभासद नवराज छेत्रीले तीनधारे महानदी समष्टिको चारवटै ग्राम पञ्चायतहरूमा भागोप्रमोले बोर्ड गठन गरेर विकासको कार्यहरू गर्नलाई योजना बनाएको बताउँदै तीनधारे महानदी समष्टिको सम्पूर्ण जनतालाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीहरूलाई भोट दिएर बिजय बनाउने आह्वान् गरेका छन्। उनले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, यसपालीको पञ्चायत चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बोर्ड गठन गरेपछि चारैवटा ग्राम पञ्चायतहरूलाई लिएर विकास कार्यको लागि पहल गरिने बताउँदै सर्वप्रथम यस समष्टीको चारवटा ग्राम पञ्चायतहरूमा तीनधारे क्षेत्र घैयाबारी ग्राम पञ्चायत दुईले जानिने भएकोले यसपाली तीनधारे क्षेत्रलाई तीनधारे ग्राम पञ्चायतको नाम नै राखिने कुरामा प्राथमिकताको साथमा पहल गरिने भएको जानकारी गराएका छन्। सभासद नवराज छेत्रीले एक प्रश्नको उत्तरमा यसपालीको पञ्चायत चुनावमा पार्टीभित्रको कार्यकर्ताहरू नै टिकट नपाएर निर्दलीय प्रार्थीको रुपमा खड़ा भएकोले पार्टीलाई कुनै असर नपर्ने। सबैजना जीटीए चुनावको समय एक भएर कार्य गरेका थिए। तर यसपालीको पार्टीको अनुशासनलाई पालन नगरेकोमा खेद प्रकट गरेका छन्। उनले निर्दलीय प्रार्थीहरू बिजय भएर आएको खण्डमा पार्टीमा लिने नलिने विषयमा आफुभन्दा रहेको महकुमा समिति, केन्द्रीय समिति र पार्टी अध्यक्षले जे निर्णय गर्छन् त्यही हुने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement